Saturday, August 4, 2012

नेपालमा नेपाल आइडल हुने

थरि थरिका गायन प्रतियोगिताका स्वाद लिएका दर्शकका लागि फेरि अर्को गायन प्रतियोगिता थपिने भएको छ। रेडलाइट इन्टरटेनमेन्टले नेपाल आइडल नामक सांगीतिक प्रतियोगिता गर्न लागेको जानकारी गराएको छ। देश भरिका संगीत जिज्ञाषुहरुलाई प्लेटफर्म दिने उद्धेश्यले आयोजन गर्न लागिएको कार्यक्रमका लागि आउँदो १ गते अर्थात् भदौ देखि अडिसन शुरु हुनेछ।
दस शहरमा अडिसन तयारी गरिरहेको नेपाल आइडल यसका लागि धरान,दमक,इलाम,विराटनगर,बनेपा,पोखरा,बुटबल,नारायणघाट,हेटौंडा हुँदै काठमाडौ आईपुग्नेछ। वैशाखमा तय हुने विजेताले १ लाख क्यास बाहेक ५ लाख बराबरको म्युजिक कन्ट्रयाक्ट प्राप्त गर्नेछ।
अमेरिकन आइडलको इन्डियन स्वरुप इन्डियन आइडलको प्रभावबाट नेपाल भित्रिएका यस्ता प्रतियोगिताले शुरुमा राम्रै प्रतिष्ठा कमाएपनि आज भोलि भने यस्ता कार्यक्रमले इज्जत गुमाउँदै गएका छन्। शुरुमा ठूला ठूला कुरा गरेर बिचैमा भाग्ने तथा कार्यक्रम जेनतेन सकेपनि विजेतालाई वाचा अनुरुपको सुविधा नदिने कारणले नेपालमा यस्ता प्रतियोगिताले आफ्नो महत्व घटाउँदै गएका छन्।

No comments:

Post a Comment